PahiloPost

May 22, 2026 | ८ जेठ २०८३

रसियाली सेनाबाट नेपाली युवा युद्धमा होमिएको बारे प्रधानमन्त्रीलाई प्रश्न, 'अन्तर्राष्ट्रिय राजनीतिमा घटिरहेका घटनाप्रति गहिरो ध्यान छ'



पहिलोपोस्ट

रसियाली सेनाबाट नेपाली युवा युद्धमा होमिएको बारे प्रधानमन्त्रीलाई प्रश्न, 'अन्तर्राष्ट्रिय राजनीतिमा घटिरहेका घटनाप्रति गहिरो ध्यान छ'

काठमाडौं :  रसियाको पक्षबाट नेपाली युवाहरु लडिरहेको बारे संसदमा प्रधानमन्त्रीसँग प्रश्न सोधिएको छ। नेकपा एमालेका सांसद अच्युत प्रसाद मैनालीले युक्रेन युद्धमा रसियाको पक्षबाट नेपाली युवाहरु लडिरहेको भन्दै प्रचण्डसँग प्रश्न गरेका थिए।

जवाफमा प्रचण्डले यसबारेमा स्पष्ट रुपमा केही भनेनन्। उनले अन्तर्राष्ट्रिय घटनाक्रमबारे सरकारको गहिरो ध्यान गइरहेको मात्र बताए।

‘अन्तर्राष्ट्रिय राजनीतिमा घटिरहेका घटनाप्रति नेपाल सरकारको गहिरो ध्यान छ भन्ने म राख्न चाहन्छु,’ प्रचण्डले भने।

युक्रेन र रसियाबिच युद्ध भइरहेको ४८५ दिन भन्दा बढी भइसकेको छ। युद्धका कारण लाखौं मानिस पलायन हुँदा हजारौंको संख्यामा मानिसको मृत्यु भइसकेको छ। युद्धमा नेपाल युक्रेनको पक्षमा उभिएको छ। संयुक्त राष्ट्रसंघमा नेपालले युक्रेनको पक्षमा मतदान गर्दै आइरहेको छ। नेपाली युवाहरु भने रसियाको पक्षबाट युद्ध लडिरहेको समाचार राष्ट्रिय र अन्तर्राष्ट्रिय संचारमाध्यममा प्रकाशन भइरहेका छन्। सरकारले भने यसबारेमा आफू अनभिज्ञ रहेको बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell