
काठमाडौं : सुनको मूल्य चार दिनदेखि लगातार ओरालो लागेको छ। शुक्रबार सुन तोलामा सात सय रुपैयाँले घटेको छ।
शुक्रबारका लागि कारोबार मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिनका तुलनामा ५ सय घट्दा बिहीबार प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। २५ रुपैयाँ घट्दा शुक्रबार चाँदी प्रतितोला १ हजार ३३५ रुपैयाँमा पुगेको छ। साताको चौथो दिनका तुलनामा २५ रुपैयाँ घट्दा बिहीबार प्रतितोला १ हजार ३६० रुपैयाँ पुगेको थियो।