
काठमाडौं : आजदेखि देशभर मनसुन प्रणाली फैलिएको छ। मौसम पूर्वानुमान महाशाखाले आज विशेष बुलेटिन सार्वजनिक गर्दै देशभर मनसुन फैलिएको जनाएको हो।
नेपालमा जेठ ३१ गते मनसुन भित्रिएको थियो। देशभर मनसुन फैलिन ९ दिन लागेको छ।
मनसुन फैलिएसँगै आगामी तीनदिन धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। वर्षासँगै बाढी पहिरोको जोखिम रहने भन्दै सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।