PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका दुई पाइलटलाई गर्‍यो निलम्बन



पहिलोपोस्ट

उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका दुई पाइलटलाई गर्‍यो निलम्बन

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ। काठमाडौं-नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लङ्घन गरेको पाइएकाले उनीहरुलाई उडान सेवाबाट निलम्बन गरिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

उनका अनुसार निलम्बमा परेका पाइलटले ए ३३० मापदण्ड ‘अपरेटिङ प्रोसिड्युर’ पालना नगरेकाले निलम्बन गरिएको हो। प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि उडान सेवाबाट निलम्बन गरेको बताए पनि निलम्बनमा परेका दुई पाइलट को-को हुन् भन्ने खुलाएको छैन। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell