PahiloPost

Sep 24, 2026 | ८ असोज २०८३

यस्तो छ सलोन र केकी अभिनित ‘जय हो’को टिजर



पहिलोपोस्ट

यस्तो छ सलोन र केकी अभिनित ‘जय हो’को टिजर

काठमाडौं : सलोन बस्नेत र केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘जय हो’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा सलोन र केकीको प्रेमसम्बन्ध देखाइएको छ।

मित्रता हुँदै फक्रिएको केकी र सलोनबिच प्रेससम्बन्ध र त्यसमा आउने उताडचडाव टिजरमा देख्न सकिन्छ।

शोभित बस्नेतको प्रस्तुति रहेको फिल्ममा सलोन र केकीका साथै अर्पण थापा, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दीपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ।

टेक पौरखी राई निर्देशित फिल्ममा सुरेश न्यौपानेको कथा लेखन रहेको छ। राज के अधिकारी र सुरज सरकार फिल्मका निर्माता हुन्। यो फिल्म आगामी भदौ ८ गतेबाट रिलिज हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell