PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

‘ऐना झ्यालको पुतली’ प्रदर्शन गरेर सुरु भयो नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव



पहिलोपोस्ट

‘ऐना झ्यालको पुतली’ प्रदर्शन गरेर सुरु भयो नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

काठमाडौं : नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण सुरु भएको छ। बिहीवार साँझबाट अमेरिकाको मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’ प्रदर्शनसँगै फेस्टिभल सुरु भएको हो।

महोत्सवमा अभिनेता राजेश हमाल विषेश अतिथिको रुपमा उपस्थित थिए। उनले आफू चलचित्र महोत्सवमा उपस्थित भएर नेपाली डायस्पोरालाई भेट्न पाउँदा खुशी लागेको बताए। महोत्सवले नेपाली समुदायलाई जोड्न र चलचित्रकर्मीमा ठूलो महत्व राख्ने उनको भनाइ थियो।

महोत्सवमा फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसन गरी ११ देशका ३७ फिल्महरु प्रदर्शन हुनेछन्। महोत्सवमा निर्देशक सुवर्ण थापाको उपस्थितिमा ‘द सेक्रेट अफ राधा’ को  विशेष प्रदर्शन हुनेछ।

प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट चलचित्रहरूलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिने बताइएको छ।  त्यस्तै, महोत्सवको दौरानमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे ‘प्यानल’ छलफल हुनेछ।

अमेरिकी निर्देशक न्यान्सी स्भेंन्डसेनको निर्देशनमा बनेको ‘पासाङ : इन द स्याडो अफ एभरेष्ट’को प्रदर्शनसँगै जुन २५ मा महोत्सव समापन गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell