PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

पोखरामा नेपाल-चाइना ड्रागन बोट रेस फेष्टिभलको उल्लास

पोखरामा नेपाल-चाइना ड्रागन बोट रेस फेष्टिभलको उल्लास

वसन्तराज उप्रेती/पहिलोपोस्ट


पोखरा : फेवातालमा शुक्रवारदेखि नेपाल-चाइना ड्रागन बोट रेस फेष्टिभल सुरु भएको छ। चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा प्रतियोगिता भइरहेको हो।

दुईदिने महोत्सवमा बोट रेस प्रतियोगिता भइरहेको छ। ४ चिनियाँ टिम र ४ नेपाली गरी ८ टिमको सहभागिता छ।

सिचुवान ड्रागन बोट टिम, युवान ड्रागन बोट टिम, एसजी ड्रागन्स, सिंगापुर, चाइना-नेपाल फ्रेण्डसीप ड्रागन बोट टिम पोखरा, नारा ड्रागन बोट टिम नेपाल, एनआरसीए बोट टिम नेपाल, फेवा लेक ड्रागन बोट टिम र पोखरा महानगर ड्रागन बोट टिमले प्रतिस्पर्धा गर्दैछन्।

५ सय र २ सय मिटरको दुरीमा बोट रेस हेर्न उल्लेख्य संख्यामा दर्शक फेवा किनारमा भेला भएका छन्। ५ सय मिटरतर्फ विजेताले ५ लाख, उपविजेताले नगद ३ लाख तथा तेस्रो हुने टिमले नगद २ लाख पुरस्कार राशिसहितको पुरस्कार पाउने छन्।

त्यसैगरी २ सय मिटरमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३ लाख, २ लाख र नगद १ लाख पुरस्कार पाउने छन्।

महोत्सवमा बोट रेससँगै नेपाली, चिनियाँ खाना र सांस्कृतिक कार्यक्रमको आकर्षण छ। ड्रागन बोट रेसका लागि ६० जना खेलाडीसहित झण्डै २ सय जनाको चिनियाँ टोली विमान चार्टर्ड गरेर पोखरा आएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell