PahiloPost

Jun 11, 2026 | २८ जेठ २०८३

सेन्सर बोर्डले पास गर्‍यो ‘परस्त्री’, पायो ‘पीजी’ सर्टिफिकेट



पहिलोपोस्ट

सेन्सर बोर्डले पास गर्‍यो ‘परस्त्री’, पायो ‘पीजी’ सर्टिफिकेट

काठमाडौं : सुरज पाण्डे निर्देशित ‘परस्त्री’ले केन्द्रीय चलचित्र जाँच समिति सेन्सर बोर्डबाट प्रदर्शनको अनुमति पाएको छ। शुक्रवार सेन्सर बोर्डले ‘प्यारेन्टल गाइडेन्स (पीजी)’ सर्टिफिकेट दिएसँगै ‘परस्त्री’ रिलिजको बाटो खुलेको छ।

केही दृश्यहरु परिमार्जन गरेर शुक्रवार फिल्म सेन्सरबाट पास भएको फिल्मका लेखक दीपेन्द्र के खनालले जानकारी दिए।

‘फिल्मका ६ दृश्यहरु परिमार्जित गरेपछि हामीले पीजी सर्टिफिकेट पाएर प्रदर्शन अनुमति पाएका हौँ,’ उनले भने।

अब १६ वर्षमुनिका बालबालिकाले अभिभावकको साथमा मात्रै यो फिल्म हेर्न पाउनेछन्। फिल्म असार १५ गतेबाट रिलिज हुनेछ।

यसअघि सेन्सर बोर्डले फिल्मका केही दृश्यहरुमा आपत्ति जनाउँदै प्रदर्शन अनुमति दिन अस्वीकार गरेको थियो।

शर्मिला पाण्डेको लगानी रहेको फिल्ममा उनका छोरा सुरजले निर्देशनमा डेब्यू गरेका हुन्। दीपेन्द्र के खनालको लेखन रहेको फिल्ममा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिशा क्षेत्री, अशान्त शर्मालगायतका कलाकारहरुको अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell