PahiloPost

Jul 13, 2026 | २९ असार २०८३

वीर अस्पतालका सात सय शय्या आजदेखि बिरामीका लागि निःशुल्क



पहिलोपोस्ट

वीर अस्पतालका सात सय शय्या आजदेखि बिरामीका लागि निःशुल्क

काठमाडौं : वीर अस्पतालमा शुक्रवारदेखि बिरामीका लागि निःशुल्क शय्याको व्यवस्था गरिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले शुक्रवारदेखि बिरामीका लागि सात सय साधारण शय्यामा लाग्ने शुल्क निःशुल्क गर्ने निर्णय गरेको अस्पतालका निर्देशक डा सन्तोष पौडेलले जानकारी दिए।

उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बहादुर बस्नेतको विशेष पहलमा निःशुल्क शय्याको व्यवस्था गरिएको बताए। उनका अनुसार अस्पतालले सात सय साधारण शय्या निःशुल्क गरेको छ।

मन्त्रालयको पहलमा शय्यावापत आउने पैसाको सोधभर्ना गर्नेगरी सर्वसाधारणका लागि निःशुल्क गरिएको निर्देशक डा पौडेलले जानकारी दिए। यसअघि प्रतिदिन दुई सय रुपैयाँ शुल्क लाग्ने गरेको थियो। अस्पतालमा क्याबिन, सघन उपचारकक्ष (आइसीयू) गरी नौ सय ६० शय्या रहेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell