PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

क्रिकेट विश्वकप छनोटमा नेपालको आज निर्णायक खेल, प्रतिस्पर्धी नेदरल्याण्ड्स



पहिलोपोस्ट

क्रिकेट विश्वकप छनोटमा नेपालको आज निर्णायक खेल, प्रतिस्पर्धी नेदरल्याण्ड्स
फोटो : क्यान

काठमाडौं : क्रिकेट विश्वकप छनोटअन्तर्गत नेपालले आफ्नो चौथो खेलमा आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। आज दिउँसो पौने १ बजे नेपाल र नेदरल्याण्ड्स जिम्बावेको हरारेस्थित टाकासिंगा स्टेडियममा आमनेसामने हुनेछन्।

यो खेलको नतिजाले समूह ‘ए’बाट शीर्ष तीनमा रहेर सेमिफाइनल पुग्ने टोलीको समीकरणमा ठूलो प्रभाव पार्छ। समूह ‘ए’मा वेस्ट इण्डिज र जिम्बावे खेलेका दुईमध्ये दुवै खेलमा जित निकाल्दै शीर्ष दुईमा छन्।

तेस्रो स्थानमा रहेको नेदरल्याण्ड्सले १ जित र १ हार ब्यहोर्दै दुई अंक जोडेको छ भने ३ खेलबाट एकमा जित निकालेको नेपालको पनि २ अंक नै छ।

आजको खेल समूह चरणमा नेपालको अन्तिम खेल हो भने नेदरल्याण्ड्सले नेपालपछि वेस्ट इण्डिजसँग खेल्नेछ। अमेरिका लगातार तीन खेलमा पराजित हुँदै शीर्ष तीनको होडबाट बाहिरिसकेको छ।

नेपाल र नेदरल्याण्ड्सले दुई पटक एकदिवसीय अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गरेका छन्। जसमा दुवै टोलीले एक/एक पटक खेल जितेका छन्।

एकदिवसीय वरीयताका हिसाबले नेपाल १४औँ स्थानमा छ भने नेदरल्याण्ड्स १७औँ स्थानमा छन्। सेमिफाइनलमा पुग्न दुवै टोली जित्नै पर्ने दबाबमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell