PahiloPost

May 22, 2026 | ८ जेठ २०८३

महभिरमा ढुङ्गा खस्दा मध्यपहाडी राजमार्गको पोखरा-पर्वत सडक खण्ड अवरुद्ध



पहिलोपोस्ट

महभिरमा ढुङ्गा खस्दा मध्यपहाडी राजमार्गको पोखरा-पर्वत सडक खण्ड अवरुद्ध
प्रतीकात्मक फाइल फोटो।

पर्वत : पर्वतको मोदी गाउँपालिका-६ स्थित महभिरमा सडक माथिबाट ढुङ्गा खस्दा मध्यपहाडी राजमार्गको पोखरा-पर्वत खण्ड अवरुद्ध भएको छ।

गए रातिदेखि परेको भारी वर्षाका कारण बिहानपख भिरबाट सडकमा ढुङ्गा खसेर पुरिएको हो। अवरुद्ध सडक खुलाउन जेसीबी र सुरक्षाकर्मीलाई परिचालन गर्ने तयारी भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेले जानकारी दिए।

सडक अवरुद्ध हुँदा पोखरातर्फबाट धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङतर्फ आएका सवारीसाधन नयाँपुलमा रोकिएका छन् भने यस क्षेत्रबाट अन्यत्र जाने सवारीसाधन डिमुवामा रोकिएका छन्।

अहिले पनि यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। ठूलो वर्षाका कारण केही ग्रामीण सडकमा समेत आवतजावत बन्द भएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell