PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

‘सेनिटाइजर’ सेवन गर्दा बर्दियामा दुई जनाको मृत्यु, दुई जना बिरामी



पहिलोपोस्ट

‘सेनिटाइजर’ सेवन गर्दा बर्दियामा दुई जनाको मृत्यु, दुई जना बिरामी

बर्दिया : बर्दियाको मधुवन नगरपालिका-८ टिसियन फाँटामा ‘सेनिटाइजर’जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मत बहादुर बोहराले बताए।

साथै, तरल पदार्थ सेवन गरेका एकै परिवारका ७५ वर्षीय जयबहादुर र ७५ वर्षीया जगत कुमारी गुरुङ गम्भीर बिरामी परेका छन्। उनीहरुलाई गए राति नै उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

घटनाका बारेमा अनुसन्धान भइरहेको प्रनाउ बोहराले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell