PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

नेदरल्याण्ड्सविरुद्ध नेपालले पायो ब्याटिङको निम्तो



पहिलोपोस्ट

नेदरल्याण्ड्सविरुद्ध नेपालले पायो ब्याटिङको निम्तो
फोटो : क्यान

काठमाडौं : क्रिकेट विश्वकप छनोटअन्तर्गत आजको नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले ब्याटिङको निम्तो पाएको छ। नेदरल्याण्ड्सले टस जितेर पहिले फिल्डिङ रोजेको हो।

आज दिउँसो पौने १ बजे नेपाल र नेदरल्याण्ड्स जिम्बावेको हरारेस्थित टाकासिंगा स्टेडियममा आमनेसामने हुनेछन्।

यो खेलको नतिजाले समूह ‘ए’बाट शीर्ष तीनमा रहेर सेमिफाइनल पुग्ने टोलीको समीकरणमा ठूलो प्रभाव पार्छ। समूह ‘ए’मा वेस्ट इण्डिज र जिम्बावे खेलेका दुईमध्ये दुवै खेलमा जित निकाल्दै शीर्ष दुईमा छन्।

तेस्रो स्थानमा रहेको नेदरल्याण्ड्सले १ जित र १ हार ब्यहोर्दै दुई अंक जोडेको छ भने ३ खेलबाट एकमा जित निकालेको नेपालको पनि २ अंक नै छ।

आजको खेल समूह चरणमा नेपालको अन्तिम खेल हो भने नेदरल्याण्ड्सले नेपालपछि वेस्ट इण्डिजसँग खेल्नेछ। अमेरिका लगातार तीन खेलमा पराजित हुँदै शीर्ष तीनको होडबाट बाहिरिसकेको छ।

नेपाल र नेदरल्याण्ड्सले दुई पटक एकदिवसीय अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गरेका छन्। जसमा दुवै टोलीले एक/एक पटक खेल जितेका छन्।

एकदिवसीय वरीयताका हिसाबले नेपाल १४औँ स्थानमा छ भने नेदरल्याण्ड्स १७औँ स्थानमा छन्। सेमिफाइनलमा पुग्न दुवै टोली जित्नै पर्ने दबाबमा छन्।

नेपाली टोली :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, गुलसन झा, सन्दीप लामिछाने, करन केसी, ललित राजवंशी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell