PahiloPost

May 15, 2025 | २ जेठ २०८२

कांग्रेसको टुप्पो सुकेको छ : गगन थापा, गए जाओस् न सरकार!



पहिलोपोस्ट

कांग्रेसको टुप्पो सुकेको छ : गगन थापा, गए जाओस् न सरकार!

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसमा एजेरु पलाएको बताएका छन्। त्यसलाई काटेर फाल्नुपर्ने र सुकेको टुप्पो काँटछाँट गर्नुपर्नेसमेत बताए। शनिबार काठमाडौंमा क्षेत्र ४ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेसमा विगतको समीक्षासमेत गर्नुपर्ने बताए। 'विगतको समीक्षा गर्नुपर्नेछ। देशव्यापी रुपान्तर र पुनर्जागरणको माध्यमबाट हाम्रो रुखमा केही ऐंजेरुहरु पलाएको छ। त्यो ऐंजेरुलाई मिल्काउनुपर्नेछ। हाम्रो टुप्पो केही सुकेको छ,' थापाले भने, 'त्यसको काँटछाँट गर्नुपर्नेछ। पार्टी बदलिँदा म पनि बदलिनुपर्नेछ। कांग्रेसले लय समाते देशले पनि लय समात्छ।'

कांग्रेसको स्थिति अहिलेसम्म राम्रो रहेको उल्लेख गर्दै कोर कांग्रेसलाई सम्हालेर राख्नुपर्नेसमेत बताए। 'कता गयो कता गयो कांग्रेस भन्ने थियो कांग्रेस आयो नि। हामीले आफ्नो पार्टीको कोरलाई सम्हाल्नुपर्नेछ,' थापाले भने।

गए जाओस् न सरकार!

महामन्त्री थापाले कार्यकर्ता कांग्रेसको नीतिमा चल्ने तर नेताहरु भने 'सरकार सरकार' भन्दै गठबन्धन बनाउन लागिपरेको भनाई राखे।  'कार्यकर्ता कोर भ्यालु पकडेर बसेको छ। म कम्प्रमाइज गर्दिनँ भन्छ। हामी भने सरकार जाओस् भन्न नसक्ने? गए जाओस् न सरकार! पाँच वर्ष जाओस्। १० वर्ष जाओस्,' थापाले भने, ‘हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठिक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ। नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन। बन्छ, भत्किन्छ भइराछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell