PahiloPost

Sep 24, 2026 | ८ असोज २०८३

दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु



पहिलोपोस्ट

दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु
प्रतीकात्मक तस्विर

बुटवलः दाङमा छुट्टाछुट्टै दुई स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दंगीशरण गाउँपालिका वडा नम्बर ६ का २६ वर्षीय समिर केसी र वडा नम्बर ३ का ३७ बर्षीय रामनारायण चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए।

चौधरीलाई बारीबाट तरकारी टिपेर घर फर्किंदै गर्दा र केसीलाई खेतमा काम गरिरहेको समयमा शनिबार अपरान्ह चट्याङ लागेको थियो। दुबै जनाको उपचारका क्रममा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell