PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

साफ च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरियो



पहिलोपोस्ट

साफ च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौँ: भारतको बेङ्ग्लोरमा जारी साफ च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरिएको छ। समूह 'ए' बाट लगातार दुई जित निकालेका कुवेत र भारतले सेमिफाइनलमा स्थान पक्का गर्दा लगातार दुई खेल हारेका नेपाल र पाकिस्तान पराजित भएका हुन्।

शनिवार सम्पन्न दोस्रो खेलमा नेपाल भारतसँग २-० गोलले पराजित भएको हो।

१८ औँ मिनेटमा एरिक बिस्टको भली प्रहार भारतीय गोलकिपरले बचाए।

पहिलो हाफको अन्त्यतिर नेपालले केही राम्रा अवसरहरु बनाएको थियो। लाकेन लिम्बूको सेन्टर नजिकबाट बाहिरिँदा मनिष डागिँले राम्रो अवसर बनाएर पनि फिनिसिङमा चुके। ४० औँ मिनेटमा किरण चेम्जोङको प्रयासमा भारत अग्रता लिनबाट चुक्यो। ४४ औँ मिनेटमा सनिस श्रेष्ठले सिर्जना गरेको अवसरमा आयुष घलान पुग्न केही ढिला भए।

पहिलो हाफमा दवाबमा परेको भारतले दोस्रो हाफमा भने गोल गर्न सफल भए। खेलको ६१ औँ मिनेटमा भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए। भारतका लागि यो उनको यो ९१ औँ गोल हो।

दोस्रो गोल भारतको काउन्टर अट्याकका क्रममा क्षेत्रीको प्रहारमा रिबाउन्ड भएर आएको बललाई दिशा दिँदै ७० औँ मिनेटमा महेश सिंहले गरे।

हारपछि नेपाली टोलीका कप्तान किरण चेम्जोङले प्रतियोगिताबाट बाहिरिनु पर्दा असन्तुष्ट भएको बताए।

'प्रतिस्पर्धाबाट बाहिरियौँ। युवा टोलीले राम्रो खेल्यो। धेरैले पहिलो पटक खेलेको थियो। अनुभव र एक्सपोजर राम्रो भएको टोलीसँग राम्रो खेलेकोमा गौरवान्वित छु।' नेपाली टोलीका कप्तान चेम्जोङले भने।

नेपालले समूहको तेस्रो खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। तर, यो खेल प्रतिष्ठको लडाइँमात्र हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell