PahiloPost

Sep 24, 2026 | ८ असोज २०८३

बागलुङमा चट्‍याङ लागेर दुई जनाको मृत्यु



पहिलोपोस्ट

बागलुङमा चट्‍याङ लागेर दुई जनाको मृत्यु

काठमाडौं : बागलुङमा चट्‍याङ लागेर दुई जनाको मृत्यु भएको छ। ढोरपाटन नगरपालिकाऔ५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्‍याङ पर्दा ६ वर्षीय दिनेश विक र ९ वर्षीया सुनिता विकको मृत्यु भएको हो।

चट्‍याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए। चट्‍याङले घर नजिकै बाँधेको एक भैँसीसमेत मेरेको केसीले बताए।

घाइते यमकुमारीलाई उद्धार गरि अस्पताल पठाइएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell