PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

ललितपुर महानगरको पुँजीगत खर्च ४० प्रतिशतमात्रै, आन्तरिक आयतर्फभने ८५ प्रतिशत उपलब्धि



पहिलोपोस्ट

ललितपुर महानगरको पुँजीगत खर्च ४० प्रतिशतमात्रै, आन्तरिक आयतर्फभने ८५ प्रतिशत उपलब्धि
ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन।

काठमाडौं : ललितपुर महानगरपालिकाले चालु आर्थिक २०७९/८० को जेठ मसान्तसम्म ४० प्रतिशतमात्रै पुँजीगत खर्च गरेको छ। महानगरका सूचना अधिकारी देव गुरागाईँका अनुसार ललितपुरले जेठ मसान्तसम्म पुँजीगततर्फ दुई अर्ब सात करोड रुपैयाँ बजेटमात्रै खर्च गर्न सफल भएको हो। यो महानगरको वार्षिक पुँजीगत बजेट पाँच अर्ब १९ करोड ३५ लाख रुपैयाँको ४० प्रतिशत हो।

गत असारमा ६ अर्ब ३५ करोड ३५ लाख तीन हजार रुपैयाँको बजेट पारित भएको थियो। उक्त बजेटको संशोधन गर्दै २०७९ पुसमा सम्पन्न दोस्रो नगरसभाले एक अर्ब १५ करोड रुपैयाँको पूरक बजेट थप गरेको थियो। गत असारको नगरसभामा पुँजीगततर्फ चार अर्ब आठ करोड ७३ लाख ४९ हजार रुपैयाँ पारित गरेकामा पुसको नगरसभाबाट एक अर्ब १० करोड ३५ लाख रुपैयाँ पूरक बजेट थप गरि पाँच अर्ब १९ करोड ३५ लाख रुपैयाँ पुर्‍याएको सूचना अधिकारी गुरागाईँले जानकारी दिए

त्यस्तै, आन्तरिक आयतर्फ ललितपुरले ८५ प्रतिशत उपलब्धि हासिल गरेको छ। आन्तरिक र राजस्व बाँडफाँटबाट प्राप्त हुनेसमेत गरी दुई अर्ब ४० करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको महानगरले आन्तरिकतर्फ जेठ मसान्तसम्म एक अर्ब १५ करोड रुपैयाँ सङ्कलन गर्न सफल भएको राजस्व महाशाखा प्रमुख प्रेमबहादुर थापाले जानकारी दिए। थापाका अनुसार महानगरले यस वर्ष आन्तरिक र राजस्व बाँडफाँटबाट प्राप्त हुनेसमेत गरी कूल दुई अर्ब ४० करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ। आन्तरिकतर्फ एक करोड ३५ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको हालसम्म उठेको रकम ८५ प्रतिशत हो।

अघिल्लो आर्थिक वर्षमा दुई अर्ब ६७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको महानगरले आन्तरिकतर्फ एक करोड ४५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell