PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

पुटिनलाई सत्ताच्युत गर्ने वाग्नर समूहको उद्देश्यमा लाग्यो 'ब्रेक', विद्रोही प्रिगोजिन बेलारुस जाने



पहिलोपोस्ट

पुटिनलाई सत्ताच्युत गर्ने वाग्नर समूहको उद्देश्यमा लाग्यो 'ब्रेक', विद्रोही प्रिगोजिन बेलारुस जाने
Photo : Getty Images

रसियाका राष्ट्रपति भलाद्‍मीर पुटिनलाई सत्ताच्युत गर्ने चेतावनी दिएको वाग्नर समूह आफ्नो कुराबाट पछि हटेको छ। अन्तर्राष्ट्रिय संचारमाध्यम अनुसार शनिबार राति वाग्नर समूह र रसियाली नेतृत्वबिच सहमति भएको छ। जस अनुसार वाग्नर समूहका लडाकूले मस्कोतर्फको 'मार्च' बन्द गर्नेछन्। 

शनिवार वाग्नर समूहले रसियाको रोस्तोभ अन डनका प्रमुख क्षेत्र कब्जा गरेको थियो। र, सो क्षेत्रमा पुटिनको शासन नरहने दाबी गरेको थियो। वाग्नर समूहको यो घोषणा पछि उक्त समूहका लडाकूलाई सो क्षेत्रका बासिन्दाले धन्यवाद व्यक्त गरेका थिए।

यो समूहले पुटिनलाई भाडाका सेनिक उपलब्ध गराउँदै आएको थियो। युक्रेनसँगको युद्धमा पनि यो समूहको उपस्थिति निकै महत्वपूर्ण मानिन्छ। वाग्नर समूहले विद्रोह गर्ने घोषणा गरेपछि भने पुटिनले सो समूहका प्रमुख येभ्गेनी प्रिगोजिनलाई कारवाही गर्ने चेतावनी दिएका थिए। मस्को तर्फ वाग्नर लडाकूहरु अघि बढ्दै गर्दा पुटिनले सो चेतावनी दिएका थिए।

प्रिगोजिनले पुटिनको शासन ढाल्न जुनसुकै हदसम्म जाने बताएका थिए। पुटिनले रसियाली समाजलाई विभाजित गर्नेहरुविरुद्ध जस्तो सुकै कदम चाल्न तयार रहेको चेतावनी दिएका थिए।

मस्कोलाई वाग्नरले नियन्त्रण गर्न सक्ने खबरबिच बेलारुसले प्रिगोजिनसँग छलफल गरि उनको मस्को कब्जा गर्ने उद्देश्यमा 'ब्रेक' लगाएको हो। सहमति अनुसार वाग्नर लडाकूहरु मस्को प्रवेश गर्ने बाटोबाट फर्किनेछन् भने प्रिगोजिनमाथि गर्ने भनिएको कारवाही रसियाले रोक्ने छ। प्रिगोजिन अब बेलारुस जाने बताइएको छ। बेलारुस रसियाको सहयोगी देश हो।

यो सहमतिसँगै वाग्नर लडाकूहरु आफ्नो बेस क्याम्पमा फर्किएका छन्। र, करिब २४ घण्टा चलेको रस्साकस्सी हाललाई अन्त्त्य भएको छ।

रसिया र युक्रेनबिच युद्ध भइरहेको ४८७ दिन भइसकेको छ। यतिका दिनसम्म पुटिनले आफ्नो सैन्य बलले युक्रेनसँग युद्ध लडिरहेका थिए। वाग्नर समूहको सहयोगमै पुटिनले युक्रेनमाथि नियन्त्रण राख्न सफल भएको विश्लेषक बताउँछन्। त्यही समूहको विद्रोहले पुटिन कमजोर भएको अमेरिकी अधिकारीहरुको विश्लेषण छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell