PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

हेटौंडामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु



पहिलोपोस्ट

हेटौंडामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु

हेटौंडा : हेटौंडा उपमहानगरपालिका-२ चौकीटोलमा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ।

गए राति भैँसेबाट हेटौंडातर्फ आउँदै गरेको वाग्मती प्रदेश०३-००२प ६४४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आएको वाग्मती प्रदेश०३-००१ख ८५१ नम्बरको टिपरले ठक्कर दिएको थियो। त्यसक्रममा स्कुटरमा पछाडी सवार हेटौंडा-१ जरुवाटोल बस्ने २५ वर्षीय अमित कपाडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

ठक्करबाट घाइते कपाडीको हेटौंडा अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए। उनका अनुसार, ठक्कर दिने टिपर र चालकलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिइएको छ। उक्त स्कुटरका चालक सामान्य घाइते भई हेटौंडा अस्पताल उपचारपश्चात घर फर्किसकेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell