PahiloPost

Sep 24, 2026 | ८ असोज २०८३

सुन जस्तो धातुसहित एकजना पक्राउ



पहिलोपोस्ट

सुन जस्तो धातुसहित एकजना पक्राउ

काठमाडौं : सशस्त्र प्रहरीले सुन जस्तो देखिने दुई किलो धातुसहित एकजनालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल बिओपि बयरघाट रुपन्देहीले शनिबार राति लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ कालिदहबाट दाङको घोराहि नगरपालिका-१० का हुमानन्द गिरिलाई नियन्त्रणमा लिएको हो।

नेपालबाट भारत तर्फ जाँदै गरेको  बा.१२ च.३८२० नं. को मारुती सुजुकी कारलाई विशेष सुचनाको आधारमा नियन्त्रणमा लिई चेकजाँच गर्दा गियर बक्समा फल्स बटम बनाएर सुन जस्तो देखिने धातु फेला गरेको हो। पक्राउ परेका गिरिलाई भैरहवा  भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell