PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

पहिरोले अवरुद्ध भयो मध्यपहाडी लोकमार्गको बागलुङ-बुर्तिबाङ सडकखण्ड



पहिलोपोस्ट

पहिरोले अवरुद्ध भयो मध्यपहाडी लोकमार्गको बागलुङ-बुर्तिबाङ सडकखण्ड
तस्विर : रासस

काठमाडौं : शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। लोकमार्गको बागलुङ-बुर्तिबाङ खण्डअन्तर्गत ढोरपाटन नगरपालिका-२ खप्तरिबाङमा माथिदेखि झरेको पहिराले सडक अवरुद्ध भएको हो।

शनिबार राति गएको पहिराका कारण बुर्तिबाङबाट पोखरा, काठमाडौं, बुटवललगायतका ठाउँमा जाने र ग्रामीण क्षेत्रबाट बुर्तिबाङ आउने यातायातका साधन ठप्प भएका हुन्। सडक खुलाउनका लागि जेसिबी पठाएको ढोरपाटन नगरपालिकाका उपप्रमुख कल्याण कायतले जानकारी दिए।

बुर्तिबाङ बजार नजिकै सडक अवरुद्ध हुँदा पदैलयात्रुले वैकल्पिक सडक प्रयोग गर्नुपर्ने अवस्था आएको उनले बताए। यस ठाउँ वर्षात्का समयमा सधैं पहिरो जाने हुँदा स्थायी विकल्प खोज्नुपर्ने कायतले बताए।

उपप्रमुख कायतले भने, 'हिजो साँझदेखि ठूलो पानी परेको थियो। राति पहिरो गएछ। हामीले बिहानमात्रै सडक अवरुद्ध भएको थाहा पायौं। खबर पाउनासाथ सडक खुलाउन नगरपालिकाको जेसिबी पठाएका छौं। केही समयमा सडक खुल्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell