PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

क्रिकेटरलाई ओलीको खाना खाने गरि निम्तो, 'मेहेनत गरे पनि कहिलेकाहिँ परिणाम नमिल्न सक्छ'



पहिलोपोस्ट

क्रिकेटरलाई ओलीको खाना खाने गरि निम्तो, 'मेहेनत गरे पनि कहिलेकाहिँ परिणाम नमिल्न सक्छ'

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई खाना खाने निम्तो दिएका छन्। उनले नेदरल्याण्ड्ससँगको शनिवारको विश्वकप छनोटको खेल हेरेको भन्दै नतिजाबाट निराश नहुन सुझाव दिएका छन्।

'हिजो मैले नेपाली टिम र नेदरल्याण्ड्सबिचको खेल लाइभ हेरें। मोबाइलमा इन्टरनेट स्लो भएर केही डिस्टर्ब भयो, तै पनि हेरें,' अध्यक्ष ओलीले लेखेका छन्, 'आइसीसी एक दिवसीय क्रिकेट विश्वकपमा सहभागी हुन त हामीले पाएनौं। मेहनत जननी हो भने परिणाम शीशु। कहिलेकाहीं मेहनतका बावजूद पनि परिणाम प्राप्त नहुन सक्छ। यसबाट निराश हुनु हुँदैन।'

ओलीले परिणाम सोचेजस्तो नआए पनि नेपाली टोलीको मेहेनत कमजोर नभएको उल्लेख गरेका छन्।

'परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मेहनत कमजोर थिएन। मेहनतका लागि धन्यवाद नेपाली क्रिकेट टिम!,' ओलीले लेखेका छन्, 'नेपाल फर्केपछि सँगसँगै खाना खानेगरि भेटौंला। एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ।'

जिम्बावेमा जारी विश्वकप छनोटमा नेपालले समूहको आफ्नो चार खेलमध्ये तीनवटामा हार ब्यहोरेसँगै नेपालको विश्वकप पुग्ने बाटो टुंगिएको छ।

शनिवार जिम्बावेको टाकासिंगा स्टेडियममा सम्पन्न खेलमा ७ विकेटको पराजय ब्यहोरेसँगै नेपाल सुपरसिक्समा पुग्ने सम्भावना टुंगिएको हो। समूह 'ए' बाट नेपाल र अमेरिका बाहिरिँदा जिम्बावे, वेस्टइण्डिज र नेदरल्याण्ड्स सुपर सिक्समा पुगेका छन्।

शनिवार टस हारेर नेदरल्याण्ड्स विरुद्ध उत्रिएको नेपालले ४४.३ ओभरमा अलआउट हुँदै १६७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले २७.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell