PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

राष्ट्रपतिले सल्लाहकार राख्न नपाउने व्यवस्था गरौं : रघुजी पन्त



पहिलोपोस्ट

राष्ट्रपतिले सल्लाहकार राख्न नपाउने व्यवस्था गरौं : रघुजी पन्त

काठमाडौं : नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपतिले सल्लाहकार राख्न नपाउने व्यवस्था गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले राष्ट्रपतिले सल्लाहकार राख्न नपाउने र उपराष्ट्रपतिलाई राष्ट्रियसभाको पदेन अध्यक्ष बनाउनुपर्ने धारणा राखेका हुन्।

'भारतमा राष्ट्रपतिले सल्लाहकार राख्ने चलन छैन। हामीले सल्लाहकार राख्नसक्ने कानुन बनाएर सुरुदेखि नै गल्ती गर्‍यौं। राष्ट्रपति चल्ने भनेको मन्त्रिपरिषद्को निर्णयबाट हो र राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री हो', उनले भने, 'त्यस्तै, उपराष्ट्रपतिले राष्ट्रियसभाको अध्यक्षता गर्ने हो भने यसबाट खर्च कम गर्न सकिन्छ।'

उनले आगामी आर्थिक वर्षको बजेटमा देखाइएको स्रोत व्यवस्थापन विश्वसनीय नदेखिएको पनि बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell