PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोड ७८ लाखको बजेट



पहिलोपोस्ट

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोड ७८ लाखको बजेट
Photo : KMC

काठमाडौं : काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०-८१ को लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रैपयाँको बजेट ल्याएको छ।

राष्ट्रिय सभागृहमा उपप्रमुख सुनिता डंगोलले आगामी वर्षको बजेट पेश गरेकी हुन्।

डंगोलले नगरसभामा बजेट प्रस्तुत गर्दै चालुतर्फ चालु ८ अर्ब ६१ करोड ५३ लाख रुपैयाँ विनियोजन भएको बताइन्। यो कूल बजेटको ३३.७२ प्रतिशत हो। त्यसै गरि पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख विनियोजन गरिएको छ। यो कूल बजेटको ६६.२८ प्रतिशत हो।

महानगरपालिकाले आगामी वर्ष केन्द्र र प्रदेशबाट सशर्त अनुदान बापत १ अर्ब ४५ करोड ६२ लाख रुपैयाँ, निशर्त अनुदानतर्फ ७९ करोड ३६ लाख रुपैयाँ, आन्तरिक आय ६ अर्ब ३९ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ।

त्यसैगरी बैंक मौज्दात बापत ११ अर्ब ७५ करोड रुपैयाँ,राजश्व बाडफाँटबाट २ अर्ब १६ करोड रुपैयाँ  र सामाजिक सुरक्षा भत्ताबापत २ अर्ब ९९ करोड सहित २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ।

डंगोलले महानगर स्वर्णिम, गौरव र प्राथमिकतायुक्त गरि तीन क्षेत्रमा वर्गीकरण गरेर बजेट विनियोजन गरेको बताइन्। उनले गौरवका आयोजनाहरुमा १० वटा विषयगत आयोजनाहरु छनोट गरिएको बताइन्। गौरवका आयोजनाका लागि ३ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको छ।

स्वर्णिम आयोजनामा २५ वटा विषयगत योजना छनोट गरिएको छ। स्वर्णिय योजनाका लागि २ अर्ब रुपैयाँ विनियोजन गरिएको छ। प्राथमिकता प्राप्त वडास्तर बाट छनोट गरिएको छ। जसका लागि ‍१ अर्ब ७६ करोड विनियोजन गरिएको छ।

धुलोरहित काठमाडौं बनाउने योजनाको लागि महानगरले १ अर्ब बजेट विनियोजन गरेको छ। धुलोरहित काठमाडौं महानगर क्षेत्र भित्रका सम्पूर्ण डिपीआर भएका सडक पेटी लगायतका योजनाहरु निर्माण तथा मर्मत गर्न उक्त बजेट खर्च गरिने डंगोलले बताइन्।

यस्तै, सुन्दर महानगर योजनाको लागि २५ करोड बजेट विनियोजन गरिएको उनले बताइन्। यसमा काठमाडौं महानगर क्षेत्रभित्रका पार्क तथा अन्य सबै क्षेत्रलाई हराभरा गर्ने योजना महानगरको रहेको छ।

डंगोलले काठमाडौं महानगरले आफ्नै टेलिभिजन स्थापना गर्ने बजेटमार्फत बताएकी छिन्। उनले यसका लागि पाँच करोड विनियोजन गरेको समेत बताइन्।

यस्तै, डंगोलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ‘उज्यालो सहर, मेरो महानगर’ कार्यक्रम मार्फत सडक बत्ती जडानका लागिएको बताइन्। महानगरपालिकाले उक्त कार्यक्रमका लागि ३० करोड रुपैयाँ विनियोजन गरेको छ। यही कार्यक्रमअन्तर्गत १०० वटा चोक अथवा क्षेत्रमा हाइ मास्ट लाइट जडान गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell