PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

काठमाडौं महानगरका सार्वजनिक सडकमा पार्किङ संचालन गर्न निषेध



पहिलोपोस्ट

काठमाडौं महानगरका सार्वजनिक सडकमा पार्किङ संचालन गर्न निषेध
FILE PHOTO

काठमाडौं : काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले महानगरभित्रका सार्वजनिक सडकहरुमा पार्किङ संचालन गर्न अनुमति नदिने बताएका छन्।

महानगर उपप्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्त गरेपछि नगरसभामा सम्बोधन गर्दै प्रमुख बालेनले महानगर क्षेत्रभित्रका सार्वजनिक सडकहरुमा सावरी साधन पार्किङ संचालन गर्न काठमाडौं महानगरले अनुमति नदिइने बताएका हुन्।

यद्यपि, महानगरले आफ्नो अधिकार क्षेत्रभित्र निश्चित अवधि तोकिएको समयमा पार्किङ सुविधा उपलब्ध गराए वापत शूल्क लिनेछ। बालेनले महानगरलाई आफैंले पार्किङ शूल्क समेत असुल गर्ने र पार्किङ शूल्क तोक्न सक्ने अधिकार रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell