PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

‘प्रोजेक्ट के’ मा कमल हसनको इन्ट्री



पहिलोपोस्ट

‘प्रोजेक्ट के’ मा कमल हसनको इन्ट्री

नाग अश्विन रेड्डीको फिल्म ‘प्रोजेक्ट के’ घोषणादेखि नै चर्चामा छ। यस फिल्ममा अमिताभ बच्चन, प्रभास, दीपिका पादुकोण र दिशा पटानी मुख्य भूमिकामा देखिने 'फिक्सड' भइसकेको छ।

यसैबिच, प्रोजेक्ट केमा साउथ स्टार कमल हसनको इन्ट्री भएको छ। उनी यस फिल्ममा विशेष भूमिकाका लागि अनुबन्धित भएका हुन्। अमिताभले ट्विटरमा एक भिडियो सेयर गर्दै कमललाई स्वागत गरेका छन्। यसअघि अमिताभ र कमल खबरदार, हे राम लगायका फिल्ममा एकसाथ देखिएका थिए।

यो फिल्म १२ जनवरी २०२४ मा तेलुगुसहित हिन्दी, तमिल, कन्नड र मलयालम प्रदर्शन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell