PahiloPost

Jun 11, 2026 | २८ जेठ २०८३

कांग्रेसको पछिल्लो अवस्थाबारे शशांक कोइराला : छियाछिया हुन थाल्या छ, पुनर्जीवन कसरी दिने हो?



पहिलोपोस्ट

कांग्रेसको पछिल्लो अवस्थाबारे शशांक कोइराला : छियाछिया हुन थाल्या छ, पुनर्जीवन कसरी दिने हो?
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले नेपाली कांग्रेस छियाछिया हुन थालिसकेको बताएका छन्। नेपाल प्रेस युनियन काठमाडौंको जिल्ला अधिवेशनमा आफ्नो मन्तव्य राख्दै कांग्रेस नेता डा कोइरालाले उक्त भनाइ राखेका हुन्।

'नेपाली कांग्रेसलाई कसरी सुदृढ बनाउने। छियाछिया हुन थाल्या छ नेपाली कांग्रेस,' कोइरालाले भने, 'अब यसलाई कसरी हामीले पुनर्जीवन दिने हो?' यसबारे पार्टीका नेता कार्यकर्ताले गम्भीर भएर सोच्नुपर्ने उनले बताए।

कांग्रेस पूर्वमहामन्त्रीसमेत रहेका कोइरालाले पत्रकारहरुले संविधान जोगाउन विशेष भूमिका निभाउनुपर्नेसमेत बताए। पछिल्लोपटक संविधानमाथि लगातार प्रहार हुन थालेको उल्लेख गर्दै ७० वर्ष लागेर लेखेको संविधानको रक्षा गर्नु आजको आवश्यकता भएको उनको भनाई थियो। 'नम्बर वान एजेन्डा ७० वर्ष लागेर लेखेको संविधान रक्षा गर्ने कुरा तपाईको काँधमा छ,' कोइरालाले भने, 'यसमाथि धेरै प्रहार भइरहेको छ। यसमाथि पनि कलम चलाउनुस्। तथ्य र सत्यको आधारमा लेख्नुस्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell