PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

रूपन्देही प्रहरीले बरामद गरेको पहेँलो धातु सुन भएको पुष्टि



पहिलोपोस्ट

रूपन्देही प्रहरीले बरामद गरेको पहेँलो धातु सुन भएको पुष्टि

बुटवलः सशस्त्र प्रहरीले रूपन्देहीबाट बरामद गरेको पहेँलो धातु सुन भएको पुष्टि भएको छ। नेपाल भारत सीमा नाकाबाट बरामद भएको २ थान पहेँलो धातु भैरहवा भन्सार कार्यालयमा जाँच गर्दा सुन ठहर भएको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म, डण्डाका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।

प्रहरीले शनिबार राति रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका १३ कालीदह नाकामा बा १२ च ३८२० नम्बरको कार चेकजाँचका क्रममा भारततर्फ लैजाँदै गरेको अवस्थामा सुन जस्तो देखिने पहेँलो धातु फेला पारेको थियो।

भैरहवा भन्सार, कार्यालयमा जाँचगर्दा १ किलो ९६५.३ ग्राम तौल कायम भएको प्रहरी उपरीक्षक थापाले बताए।

भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले आइतबार कार्यालयमा  परिक्षणका लागि आएको पहेँलो धातु परीक्षण गर्दा सबै सुन पुष्टि भएको जानकारी दिए।

सुनसँगै प्रहरीले कार चालक दाङ घोराही उपमहानगरपालिका १० का २१ वर्षीय हुमानन्द गिरीलाई पक्राउ गरेको छ। गिरीलाई भन्सार ऐन २०३४ बमोजिम कारबाही अगाडि बढाइएको भैरहवा भन्सार कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell