A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6994ed23219356.70132029): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6994ed23219356.70132029,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

‘वानएक्स-बेट’को प्रचार गरेको अभियोगमा युट्युबर राजकुमार थापा पक्राउ
PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

‘वानएक्स-बेट’को प्रचार गरेको अभियोगमा युट्युबर राजकुमार थापा पक्राउ



पहिलोपोस्ट

‘वानएक्स-बेट’को प्रचार गरेको अभियोगमा युट्युबर राजकुमार थापा पक्राउ

काठमाडौं : नेपालमा प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वानएक्स-बेट’मार्फत सट्टेबाजी र त्यसको विज्ञापन गरेको अभियोगमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थप एकजना युट्युबरलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, तेमाल-८ घर भई काठमाडौंको बूढानीलकण्ठ-११ बस्ने २२ वर्षीय राजकुमार थापा भन्ने युट्युबर राजकुमार तमाङ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

उनका अनुसार तमाङले बेटिङ एप ‘वानएक्स-बेट’ मार्फत विभिन्न खेलहरु खेलाउनका लागि आफ्नो युट्युब च्यानलमार्फत वानएक्स-बेटलाई प्रचारप्रसारमा सहयोग पुग्ने गरी प्रोमोकोडसमेत दिई विज्ञापन गरी सर्वसाधारणलाई सट्टाबाजी गर्न/गराउनका लागि उत्प्रेरित गर्ने कार्यमा संलग्न रहेको आरोपमा काठमाडौंको कपनबाट पक्राउ गरिएको हो।

पक्राउ परेका तामाङलाई सट्टाबाजी गर्न वा गराउन नहुने कसुरमा थप अनुसन्धानका लागि आइतबार जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। यसअघि प्रहरीले ‘वानएक्स-बेट’ मार्फत सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा चर्चित कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’, राजु मास्टरलगायत आठजनालाई पक्राउ गरिसकेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell