PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको मन्त्रीहरुले जवाफ दिने



पहिलोपोस्ट

प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको मन्त्रीहरुले जवाफ दिने
प्रतिनिधि सभाको आइतवार बसेको बैठकमा सहभागी सांसदहरु । फोटो : रत्न श्रेष्ठ / रासस

काठमाडौं : प्रतिनिधि सभाको बैठक सोमवार बिहान ११ बजे बस्दैछ। सोमवारको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत सम्बन्धित मन्त्रालयका विभिन्न शीर्षकहरुमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको छ।

बैठकमा रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या, परराष्ट्र, उर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।

प्रतिनिधिसभाको आइतवारको बैठकमा पनि विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयगत शीर्षकको छलफलमा उठेका प्रश्नहरुको मन्त्रीहरुले जवाफ दिएका थिए।

विनियोजन विधेयक अन्तर्गत शुक्रवारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफल भएको थियो।

शुक्रवारको बैठकमा समयमा आयोजना सम्पन्न नहुँदा लागत खर्च बढेको, सांसद्ले सम्बन्धित मन्त्रीलाई टिपाएका योजना पनि समावेश नभएको, नेपाल प्रहरी र सशस्त्र प्रहरीको जवानको रासनमा पर्याप्त सुविधा नदिइएको, प्रतिपक्षका आवाजलाई सुनुवाइ नगरिएको आवाज उठाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell