PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

रोमानियामा प्रकाश सपुतमाथि बोतल प्रहार, दोषीलाई कारबाही गर्न प्रतिष्ठानको माग



पहिलोपोस्ट

रोमानियामा प्रकाश सपुतमाथि बोतल प्रहार, दोषीलाई कारबाही गर्न प्रतिष्ठानको माग

काठमाडौं : रोमानियामा आयोजित एक सांगीतिक कार्यक्रममा गायक प्रकाश सपुतमाथि बोतल प्रहार भएको छ। आइतवार राति रोमानियाको बुचारेस्टस्थित हेरस्त्राउ पार्कमा आयोजित ‘याद नेपाली म्युजिक फेस्टिभल- २’ कार्यक्रममा प्रस्तुति दिइरहेका सपुतमाथि दर्शकले बोतल प्रहार गरेका हुन्। रक्सीसहितको बोतल उनको अनुहारमा लागेको भिडियो क्लिप्स अहिले सामाजिक सञ्जालमा छाएको छ।

युरोपेली देश रोमानियामा प्रकाश प्रिती आलेसहित सांगीतिक मेलामा पुगेका थिए। घटना के कारणले भयो र उनीमाथि बोतल प्रहार गर्ने को हुन्? भन्ने विषय खुलिसकेको छैन। उक्त घटनाप्रति आपत्ति जनाउँदै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले विज्ञप्ति जारी दोषीलाई कडा कारबाहीको माग गरेको छ। घटना अत्यन्तै निन्दनीय, अमानवीय र अराजकताको पराकाष्ठा भएको अध्यक्ष रिता थापा मगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव श्री प्रकाश सपुतज्यू माथि रोमानियामा आयोजित ‘याद नेपाली म्युजिक फेस्टिभल २’ मा आफ्नो प्रस्तुति प्रस्तुत गरिरहेका बेला बोतल प्रहार भएको घटनाप्रति राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको गम्भीर ध्यानाकर्षण भएको छ। यो घटना अत्यन्तै निन्दनीय, अमानवीय र अराजकताको पराकाष्ठा भएको प्रतिष्ठानको ठहर छ,’ विज्ञप्तिमा लेखिएको छ। 

सपुत प्रतिष्ठानका केन्द्रीय सचिवसमेत हुन्।

 

 

 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell