PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट ठहरियो ‘द सेक्रेट्स अफ राधा’



पहिलोपोस्ट

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट ठहरियो ‘द सेक्रेट्स अफ राधा’

काठमाडौं : सुवर्ण थापा निर्देशित फिल्म ‘द सेक्रेट्स अफ राधा’ नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट घोषित भएको छ। सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको यस फिल्मले उत्कृष्ट फिचर फिल्मतर्फको अवार्ड जितेको हो।

महोत्सवमा पुगेका लेखक तथा निर्देशक सुवर्ण थापाले ‘द सेक्रेट्स अफ राधा’ले उत्कृष्ट अवार्ड जित्दा खुसी व्यक्त गरे।

यस्तै, सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ र पाकिस्तानी निर्देशक साइम सदिकले निर्देशन गरेको जोयल्याण्डले मानार्थ पुरस्कार प्राप्त गरे।

उत्कृष्ट छोटो चलचित्रको अवार्ड भने सन्तोष दाहालको ‘द मिराज’ले पाएको छ। सूर्य शाहीद्वारा निर्देशित ‘ह्वील्स अन द बस’ले मानार्थ पुरस्कार जितेको छ।

महोत्सवमा उत्कृष्ट फिचर वृत्तचित्र पुरस्कार भने सनी लियुद्वारा निर्देशित ‘पियोना म्यान’ र अमेरिकी निर्देशक न्यान्सी स्पेस्डेनले निर्देशन गरेको ‘पासाङ : द स्याडो अफ एभरेष्ट’ले हात पारे। सचिन घिमिरेले निर्देशन गरेको वृत्तचित्र ‘इन्टू द मिस्ट’ले मानार्थ पुरस्कार प्राप्त गरेको छ।

वृत्तचित्र विधातर्फ उत्कृष्ट श्रीष् कुँवरद्वारा निर्देशित ‘मेरो बुबा’ उत्कृष्ट घोषित भयो। महोत्सवले प्रदान गर्ने इम्पावरमेन्ट अवार्ड अस्कर अवार्डमा नोमिनेशन भएको चलचित्र ‘कमिङ आउट वीद द हेल्प अफ टाइम मेसिन’ले प्राप्त गरेको छ भने ‘ह्वेर द विण्डो डाइ’ले फ्रिडम अफ एक्सप्रेशन अवार्ड प्राप्त गरेको छ।

‘ऐना झ्यालको पुतली’को प्रदर्शनसँगै जुन २२ मा सुरु भएको महोत्सवमा सुवर्ण थापासहित अभिनेता राजेश हमाललगायतका कलाकारहरुको उपस्थिति थियो। महोत्सवको छैठौं संस्करण सफलतापूर्वक सम्पन्न भएको नेपाल-अमेरिका चलचित्र समाजका अध्यक्ष पूर्ण सिंह बराइलीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell