काठमाडौं : पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा. प्रदिप ढकालविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड ४४ लाख ११ हजार रुपैयाँ बिगो कायम गर्दै ढकालविरुद्ध मुद्दा दायर गरेको हो।
ढकालले पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीपछि आयोगले अनुसन्धान गरेको थियो। ढकालले सार्वजनिक सेवा प्रवेश गरेको २०७४ साउन ३२ गतेदेखि सम्पत्ति विवरण पेस गरेको २०७९ जेठ ३० गतेसम्मको अवधिलाई अनुसन्धानको जाँच अवधि कायम गरेको आयोगले जनाएको छ।