
काठमाडौं : प्रधानन्यायाधीशका लागि प्रस्तावित भएपछि हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएका न्यायाधीश श्रीकृष्ण भट्टराईले राजीनामा दिएका छन्। आज उनले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई राजीनामा बुझाएका हुन्।
कार्की विरुद्ध उजुरी आह्वान भएपछि बहालवाला न्यायाधीशले नै उजुरी दिएको विषयमा संसदीय सुनुवाइ समितिको बैठकमा छलफल भएको थियो। कार्कीविरुद्ध २९ वटा उजुरी परेका थिए। उजुरीकर्ता भट्टराई अर्घाखाँचीमा कार्यरत न्यायाधीश थिए।
समिति सदस्यहरुले पनि बहालवाला न्यायाधीशले नै उजुरी दिएको विषयलाई महत्वका साथ उठाएका थिए।
वैशाख २५ को संवैधानिक परिषदको बैठकले कायमकुमकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो।संसदीय सुनुवाइ समितिको बैठकले कार्कीको नाम सर्वसम्मत अनुमोदन गरे पछि उनी असार १ गते प्रधानन्यायाधीश बनेका थिए।
आफुले उजुरी गरेको व्यक्तिको मातहतमा काम गर्न नैतिकताले नदिएको भन्दै भट्टराईले राजीनामा दिएका हुन्।