PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

काठमाडौंमा डेरा गरी बस्ने चिनियाँ नागरिकसँग भेटियो स्रोत नखुलेको रकम, गैरकानुनी गतिविधि गरेको आशंका



पहिलोपोस्ट

काठमाडौंमा डेरा गरी बस्ने चिनियाँ नागरिकसँग भेटियो स्रोत नखुलेको रकम, गैरकानुनी गतिविधि गरेको आशंका

काठमाडौं : स्रोत नखुलेको रकमसहित प्रहरीले काठमाडौंबाट दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

गोकर्णेश्वर नगरपालिका-३ सुन्ताखानबाट श्रोत नखुलेको नेपाली नगद ६ लाख रुपैयाँ र २ हजार चिनियाँ युआनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा सोही ठाउँ डेरा गरी बस्ने चिनयाँ नागरिक ४६ वर्षीय झु झियानछियान र ४५ वर्षीय झु जिनफाङ्ग रहेका छन्।

गोकर्णेश्वर नगरपालिका-३ सुन्ताखानस्थित भाडामा बस्दै आएका चिनियाँ नागरिकहरुले गैरकानुनी क्रियाकलाप गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर टेकु र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त श्रोत नखुलेको रकमसहित फेला पारी पक्राउ गरेको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell