PahiloPost

May 22, 2026 | ८ जेठ २०८३

धादिङ पुगेर प्रचण्डले भने : पाँच वर्ष यो गठबन्धनलाई केहि हुने छैन



पहिलोपोस्ट

धादिङ पुगेर प्रचण्डले भने : पाँच वर्ष यो गठबन्धनलाई केहि हुने छैन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन पाँच वर्षसम्म टिक्ने बताएका छन्। धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवन उद्घाटनपश्चात आयोजित कार्यक्रमलाई सम्बोध गर्दै प्रचण्डले सरकारको आयु गठबन्धन रहेसम्म रहने बताएका हुन्।

उनले भने,‘अहिले कता कता यो सरकारको आयु कति भनेर मिडियामा हुने नहुने चर्चा चल्ने गरेको छ। पाँच वर्ष यो गठबन्धन केहि हुनेवाला छैन। यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ।’

भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो गरेको भए पनि राम्रो गरेको देखी नसहने नकारात्मक प्रवृति भएकाहरूले विरोध गरेको उनको आरोप थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell