PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

अनलाइन क्यासिनो खेलाउने समूहका चार जना पक्राउ



पहिलोपोस्ट

अनलाइन क्यासिनो खेलाउने समूहका चार जना पक्राउ

काठमाडौंः  अनलाइन क्यासिनो खेलाउने समूहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार राति उनीहरुलाई कलंकी, ठमेल र बालाजु हाइटबाट नियन्त्रणमा लिएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

राजा चौधरीले केही समयदेखि अनलाइन ग्याम्लिङ खेलाइरहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। प्रहरीले राजा चौधरी, विवेक चौधरी, रितेन्द्र प्रधान र आशा गुरुङलाई पक्राउ गरेको हो।

राजाले फेसबुकमा विभिन्न एकाउन्ट बनाई अनलाइन ग्याम्बिलङ र सट्टेबाजी समेत गरेको देखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell