PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

शाहरुख र छोरी सुहाना एकै फिल्ममा आउने?



पहिलोपोस्ट

शाहरुख र छोरी सुहाना एकै फिल्ममा आउने?

छोरा आर्यन खानसँग विज्ञापनमा सहकार्य गरेका बलिउडका किङ खान शाहरुख छोरी सुहाना खान सँग फिल्ममा देखिने रिपोर्ट सार्वजनिक भएको छ।

फिल्म पठानका निर्देशक सिद्धार्थ आनन्द र शाहरुख खानले उक्त फिल्ममा संयुक्त लगानी गर्ने बताइएको छ। गौरी सिन्धेको फिल्म डियर जिन्दगीमा जसरी शाहरुख जाहगिर खानको भूमिकामा देखिएका थिए, त्यस्तै रोलमा छोरीको फिल्ममा आउनसक्ने रिपोर्टमा उल्लेख छ। यसो भयो भने थिएटरमा सुहानाको डेब्यु फिल्म हुने छ। त्यसैगरी शाहरुख र सिद्धार्थ आनन्दको तेस्रो फिल्म हुनेछ पठान, टाइगर भर्सेस पठानपछि। 


यसै वर्षको अन्त्यमा फ्लोरमा लैजानका लागि अन्य कास्टको तय गरिँदैछ। शाहरुख त्यसअघि फिल्म जवान र दुनकीमा देखिने छन्। यता सुहाना भने जोया अख्तरको दी आर्चिजमा देखिने छिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell