PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

अर्बौं ठगेर फरार केदारनाथ शर्मा भारतमा पक्राउ, प्रहरीको दावी - भारतीय विधायकको घरमा थिए लुकेका



पहिलोपोस्ट

अर्बौं ठगेर फरार केदारनाथ शर्मा भारतमा पक्राउ, प्रहरीको दावी - भारतीय विधायकको घरमा थिए लुकेका

काठमाडौं : शिव शिखर बहुउद्देश्य सहकारी सस्थाका पूर्व अध्यक्ष केदारनाथ शर्मालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले शर्मालाई भारतबाट पक्राउ गरेर ल्याएको दाबी गरेको छ।

सीआईबीको टोलीले वैसाख २७ गते सहकारीका दुई सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो। बाँके कोहलपुर घर भएकी गीता शर्मा र बझाङ घर भएका पुष्कर मल्ललाई पक्राउ गरेको थियो। गीता शिखर अर्गनाइजेसनको निर्देशक हुन्। सहकारीका पूर्व अध्यक्ष केदारनाथ शर्माकी श्रीमती हुन् गीता। व्यूरोले पहिलो चरणको अनुसन्धान सकेर फाइल अदालतमा बुझाएको थियो। अदालतले पक्राउ परेका तीन जनालाई पूर्पक्षको लागि थुनामा पठाएको छ। १ अर्ब ७१ करोड बिगो माग दाबी गरिएको थियो। त्यस्तै, अन्य ७ जना फरार रहेका थिए।

केदार शर्मा भारतको मुम्बाईमा एक विधायकको घरमा लुकेर बसेको अवस्थामा प्रहरीले समातेर ल्याएको दाबी गरेको छ। उनलाई मुम्बाईबाट लखनउ हुँदै काठमाडौं ल्याएको हो। प्रहरीको प्रारम्भीक बयानमा उनले ८०/९० दिनदेखि भारतमा बसेको बताएका छन्।

'उजुरी पर्न थालेपछि भारतमा आएर इन्भेस्टर खोज्दै थिएँ,' शर्मालाई उद्धृत गर्दै एक प्रहरीले सुनाए।

भक्तपुरको कौशलटारमा सहकारीको मुख्य कार्यालय रहेको छ। सहकारीमा ९ जना सञ्चालक सदस्य रहेकोमा बाँकी फरार छन्। उनीहरू सबैको ठगी प्रकरणमा खोजी भइरहेको छ। सहकारीको काठमाडौं उपत्यकाबाहेक विभिन्न जिल्लाहरूका शाखा रहेको छ। ३५ वटा जिल्लामा यसको शाखा रहेको भेटिएको छ। कुनै जिल्लामा एउटा त कुनै जिल्लामा तीन वटा समेत शाखा छन्।  शर्माले ४३ वटा अन्य कम्पनी खडा गरेर काम गरेको देखिएको छ।

सीआईबीको प्रारम्भीक अनुसन्धानमा सहकारीमा १४ अर्ब निक्षेप भएको खुल्छ। त्यसमा ५/६ अर्ब लगानी भए पनि बाँकी रकम कहाँ गयो भन्ने देखिएको छैन। व्यूरोले दोस्रो चरणको अनुसन्धान सुरु गरेको छ। काठमाडौं र ललितपुरका सेवाग्राहीलाई उजुरी दिन समेत व्यूरोले सुचना जारी गरिसकेको छ।

देशभर १ लाख ६८ हजार ७ सय २५ जना बचतकर्ता रहेको देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell