PahiloPost

Jun 11, 2026 | २८ जेठ २०८३

बुधवारको संसदमा अनिवार्य उपस्थित हुन कांग्रेसको ह्विप, बजेटमा तटस्थ नबस्न निर्देशन



पहिलोपोस्ट

बुधवारको संसदमा अनिवार्य उपस्थित हुन कांग्रेसको ह्विप, बजेटमा तटस्थ नबस्न निर्देशन

काठमाडौं : नेपाली कांग्रेसले भोलि बुधवारको संसद बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस सांसदहरुलाई पत्र पठाउँदै भोलिको बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको हो।

बुधवार अर्थमन्त्री डा प्रकाशशरण महतले बुधवार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्णयार्थ प्रस्तुत गर्दैछन्। बजेट पारितका लागि पक्षमा मतदान गर्नसमेत कांग्रेसले निर्देशन जारी गरेको छ। 'असार १३ गते बिहान ११:०० बस्ने प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, (आव २०८०/८१ को बजेट) निर्णयार्थ प्रस्तुत हुने हुँदा उक्त दिनको बैठकमा अनिवार्य उपस्थित हुन, विनियोजन विधेयक, २०८० को पक्षमा मतदान गर्न र तटस्थ नरहन यो ह्विप जारी गरिन्छ,' पत्रमा भनिएको छ।

यसपटकको बजेटमा सत्तारुढ दलबाटै असन्तुष्टि जनाइरहेको अवस्थामा कांग्रेसले ह्विप जारी गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell