A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6994d80ac347d7.14098254): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6994d80ac347d7.14098254,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

प्रतिस्पर्धापछि प्रतिष्ठाको पालो : समूह चरणबाटै बाहिरिसकेका नेपाल र पाकिस्तान भिड्दै
PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

प्रतिस्पर्धापछि प्रतिष्ठाको पालो : समूह चरणबाटै बाहिरिसकेका नेपाल र पाकिस्तान भिड्दै



पहिलोपोस्ट

प्रतिस्पर्धापछि प्रतिष्ठाको पालो : समूह चरणबाटै बाहिरिसकेका नेपाल र पाकिस्तान भिड्दै
फाइल फोटो

काठमाडौं : भारतमा जारी साफ च्याम्पियनसिपमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘ए’मा आफ्ना सुरुवाती दुई खेलमा पराजय ब्यहोर्दै सेमिफाइनलको होडबाट बाहिरिसकेका यी दुवै टोलीका लागि यो खेल प्रतिस्ठाको लडाइँमात्र हुनेछ।

नेपालले आफ्नो पहिलो खेलमा कुवेतसँग ३-१ र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो। अर्कोतर्फ पाकिस्तान आफ्नो पहिलो खेलमा भारत र दोस्रो खेलमा कुवेतसँग समान ४-० गोलअन्तरले पराजित भएको थियो। दुवै टोली अन्तिम खेलमा सान्त्वना जित निकाल्दै घर फर्कने योजनामा हुनेछन्।

यी दुई टोली पौने ४ बजे श्री कान्तिरव स्टेडियम बेङ्ग्लोरमा आमनेसामने हुँदैछन्।

पाकिस्तान र नेपाल कसको बलियो इतिहास?

पाकिस्तान फिफाको प्रतिबन्धबाट निस्किएको एक वर्ष बढी भयो। यसबिचमा पाकिस्तानले मैत्रीपूर्ण खेल खेल्नुका साथै मेहेनत बढी गरेको क्षेत्र हो- खेलाडी कलेक्सन। यसका बावजुत अन्तर्राष्ट्रिय फुटबलमा फर्किएसँग पाकिस्तानले जित निकाल्नै सकेको थिएन।

पछिल्लो पटक घोषणा गरिएको पाकिस्तानी टोलीमा सात जना ‘डायस्पोरा’का खेलाडी छन्। जसमा पोर्चुगलमा खेल्ने ईएसा सुलेमन, इङ्ग्ल्याण्डको राष्ट्रिय टोलीबाटै उमेर समूहमा खेलिसकेका ओटिस खानसमेत छन्।

२५ वर्षे सुलेमन प्रिमियर लिगको क्लब एस्टन भिल्लाको एकेडेमीबाट आएका हुन्। उनले इङ्ग्ल्याण्डको यू २० टोलीबाट खेलिसकेका छन् साथै कप्तानीसमेत सम्हालिसकेका छन्। उनी हाल पोर्चुगलको दोस्रो श्रेणीको लिग खेलिरहेका छन्।

त्यस्तै, खान म्यानचेस्टर युनाइटेडको एकेडेमीबाट सेफिल्ड युनाइटेडको एकेडेमीसम्म पुगेका थिए। इङ्ग्ल्याण्डको तल्लो श्रेणीमा खेलिरहेका उनले आफ्नो हजुरबुवा जन्मिएको राष्ट्र पाकिस्तानबाट प्रतिनिधित्व गर्ने भएका हुन्। उनीहरुलगायत स्ट्राइकर हसन बशीर र अब्दुल समद, मिडफिल्डर हारुन हमिद, राहिस नाबी र अदनान याकुब, डिफेन्डर अब्दुल्ला इकबाल र गोलकिपर युसुफ बट रहेका छन्।

प्रतिबन्धबाट फर्किएपछि पाकिस्तानले पाँच वटा खेल खेल्यो। तर सबै खेलमा पराजय ब्यहोर्‍यो। यसक्रममा पाकिस्तानले नेपाल, माल्दिभ्स, मरिसस, केन्या र जिबोउटीसँग खेलेको थियो। त्यसपछि खेलेको साफकै दुई खेलमा पराजय ब्यहोर्‍यो।

पछिल्ला तीन खेलहरु भने यही हप्ता साफको तयारीका लागि खेलेको हो। पाकिस्तान फिफा वरीयताका १९५औँ स्थानमा छ। अर्थात् नेपाल भन्दा २१ स्थान पछाडि छ।

जारी साफमा पाकिस्तानले गोल गर्न सकेको छैन जबकी नेपालका लागि अञ्जन बिस्टले कुवेतविरुद्ध एक गोल गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell