PahiloPost

May 15, 2025 | २ जेठ २०८२

ललिता निवास प्रकरणमा 'बिग फिस'हरु समात्‍न प्रहरीको टोली परिचालित, लिस्टमा भाटभटेनीका मीनबहादुर गुरुङ सहित आधा दर्जनको नाम



पहिलोपोस्ट

ललिता निवास प्रकरणमा 'बिग फिस'हरु समात्‍न प्रहरीको टोली परिचालित, लिस्टमा भाटभटेनीका मीनबहादुर गुरुङ सहित आधा दर्जनको नाम

काठमाडौं : ललिता निवास प्रकरणमा विवादित प्रहरीले मीनबहादुर गुरुङ लगायतका व्यवसायीलाई पक्राउ गर्ने भएको छ।

केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले उनीहरुलाई पक्राउ गर्न मुभ एको हो। गुरुङ भाटभटेनीका सञ्चालक हुन्। भाटभटेनी नेपालको सबैभन्दा ठूलो चेन भएको सुपरमार्केट हो। 

ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका गुरुङलाई विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

न्यायाधीशद्वय प्रेमबहादुर कार्की र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले गुरुङलाई २ करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो।अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले गुरुङसँग ५० करोड ४७ लाख रुपैयाँको बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। 

गुरुङ सहित यस प्रकरणमा अन्य सात/आठ जना पक्राउ गर्ने तयारी भएको प्रहरी स्रोतले जानकारी दियो।

उनीहरुलाई कुन केसमा पक्राउ गरिएको भन्ने खुलिसकेको छैन। घटनाको थप विवरण आउँदै।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell