PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

३६ दिनमा सकियो 'दिमाग खराब' को छायाङ्कन



पहिलोपोस्ट

३६ दिनमा सकियो 'दिमाग खराब' को छायाङ्कन

काठमाडौं: निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ को छायाङ्कन ३६ दिनमा सकिएको छ। सोमवार काठमाडौंमा फिल्मको ‘इन्डक्याप’ गरिएको थियो। काठमाडौंसहित काभ्रेको पाँचखालमा फिल्मको सुटिङ गरिएको थियो।

यस फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा र विजय बरालको मुख्य भूमिकामा छन्। रौनक विक्रम कँडेल  निर्माता रहेको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन्।

आकाश बरालको पटकथा रहेको फिल्म आगामी कात्तिक २४ गते प्रदर्शन हुनेछ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell