PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागू गर्न प्रधानमन्त्रीको निर्देशन



पहिलोपोस्ट

शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागू गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताउँदै शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागू गर्न निर्देशन दिएका छन्।

मंगलबार दिउँसो त्रिभुवन विश्वविद्यालय सभाको ६४ औं वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै विश्वविद्यालयका कूलपतिसमेत रहेका प्रचण्डले विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा गर्नु विश्वविद्यालयका पदाधिकारीहरूको आधारभूत दायित्व भएकोसमेत बताएका थिए।

'विश्वविद्यालयको आफ्नो निश्चित शैक्षिक पात्रो बनाई सोहीअनुसार समयभित्रै पठनपाठन सम्पन्न गरि नतिजासमेत प्रकाशित गरि विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा विश्वविद्यालयका पदाधिकारीहरूलाई विशेष रूपले निर्देशित गर्दछु,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell