PahiloPost

Sep 24, 2026 | ८ असोज २०८३

मीनबहादुरसँगै अन्य चार जना पनि समातिए



पहिलोपोस्ट

मीनबहादुरसँगै अन्य चार जना पनि समातिए

काठमाडौं : केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले ललिता निवास प्रकरणमा थप चार जना पक्राउ परेका छन्। मंगलवार बिहान भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको थियो।

त्यसपछि डिल्ली बजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीहरु समेत समातिएका हुन्। प्रहरीले कर्मचारी कलाधर देउजा, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसीलाई नियन्त्रणमा लिएको हो।

ललिता प्रकरणमा अन्य केही मानिसलाई पनि  निगरानीमा राखेर पक्राउ गर्ने तयारी गरिरहेको छ। २०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा ललिता निवासको १ सय १३ रोपनी जग्गा हिनामिना भएको भन्दै मुद्दा दायर भएको थियो।  जसमा १ सय ७५ जना विरुद्ध मुद्दा दायर गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell