PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

चर्चामा 'सारंगी', रुचाइयो सुशान्त र आनाको जोडी



पहिलोपोस्ट

चर्चामा 'सारंगी', रुचाइयो सुशान्त र आनाको जोडी

काठमाडौं : उडी उडी मन भाग्छ किन

तिम्रै तिर हेर भन के गरु म

मुस्कानले तिम्रो मेरो मन सारंगी झै

आज बज्न थाल्यो भन के गरु म

तीनदिनअघि सार्वजनिक भएको ‘सारंगी’ बोलको गीत यतिखेर चर्चामा छाएको। गायक सुशान्त केसीको शब्द र स्वर रहेको यस गीतलाई युट्युबदेखि टिकटकसम्म व्यापक रुचाइएको छ।

गीतको भिडियोमा सुशान्तका साथै अभिनेत्री आना शर्माको अभिनय देख्न सकिन्छ। दुवैजनाको जोडीलाई दर्शकले रुचाएका छन्।

सार्वजनिक भएको छोटो समयमा नै यो गीत युट्युब ट्रेन्टिङको शीर्ष स्थानमा छ। त्यस्तै, टिकटकमा पनि गीतका क्लिप्स भाइरल भइरहेका छन्।

गौरव कुमार तामाङ निर्देशित गीतको भिडियोको कन्सेप्ट आना र अनुप सापकोटाले तयार पारेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell