PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

भारतमा हुने एकदिवसीय विश्वकपको खेल तालिका सार्वजनिक, अहमदाबाद हुनेछ भारत र पाकिस्तानको भिडन्त



पहिलोपोस्ट

भारतमा हुने एकदिवसीय विश्वकपको खेल तालिका सार्वजनिक, अहमदाबाद हुनेछ भारत र पाकिस्तानको भिडन्त
Photo: ICC

काठमाडौं : भारतमा हुने एकदिवसीय विश्वकपको तालिका सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले विश्वकपको तालिका सार्वजनिक गरेको हो। ४६ दिनसम्म चल्ने प्रतियोगिता विभिन्न १० भेन्यूमा खेलाउने आईसीसीको तालिकामा उल्लेख छ।

१० टोली सहभागी हुने विश्वकपमा नेपाल भने छनोटबाटै बाहिरिसकेको छ। जिम्बावेमा जारी विश्वकप छनोटमा नेपाल समूह 'ए' बाट शीर्ष ६ मा अटाउन नसक्दा समूह चरणबाटै बाहिरिएको हो।

प्रतियोगितामा खेल्ने ८ टोलीको टुंगो लागिसकेको छ। जसमा भारत, पाकिस्तान, इङ्ग्ल्याण्ड, अस्ट्रेलिया, न्युजिल्याण्ड, अफगानिस्तान, बंगलादेश र दक्षिण अफ्रिका रहेका छन्। जिम्बावेमा जारी विश्वकप छनोटबाट बाँकी दुई टोलीले सहभागिता जनाउने छन्। विश्वकप छनोटमा बाँकी दुई स्थानका लागि वेस्ट इण्डिज, जिम्बावे, नेदरल्याण्ड्स, श्रीलंका, स्कटल्याण्ड र ओमन भिड्नेछन्।

विश्वकपमा हरेक टोलीले बाँकी ९ टिमसँग राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्नेछन्। जसमध्ये शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन्।

विश्वकपको उद्घाटन खेलमा ५ ‌अक्टोबरमा इङ्ग्ल्याण्ड र न्युजिल्याण्ड अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भिड्नेछन्। चिर प्रतिस्पर्धी भारत र पाकिस्तानबीचको खेल पनि यही स्टेडियममा अक्टोबर १५ मा हुनेछ। प्रतियोगिताको फाइनल खेल नरेन्द्र मोदी स्टेडियममा नोभेम्वर १९ मा हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell