PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

नेपालमा किन प्रदर्शन नहुने भयो ‘परस्त्री’ को हिन्दी भर्सन?



पहिलोपोस्ट

नेपालमा किन प्रदर्शन नहुने भयो ‘परस्त्री’ को हिन्दी भर्सन?

काठमाडौं : फिल्म ‘परस्त्री’ को हिन्दी भर्सन नेपालमा प्रदर्शन नहुने भएको छ। प्रदर्शन मिति नजिकिएसँगै निर्माण टिमले नेपालमा हिन्दी भर्सन रिलिज नगर्ने निर्णय गरेका हुन्।

परस्त्रीको प्रचारप्रचार गर्न हाल निर्माणटिमसहित कलाकारहरु भारतमा छन्। यसैबिच, निर्देशक सुरज पाण्डेले परस्त्रीको हिन्दी भर्सन नेपालमा रिलिज नगर्ने निर्णय गरेको जानकारी दिएका हुन्।

‘असार १५ गते देखि नेपाल र भारतमा एकैसाथ प्रदर्शन हुने कुरा हाम्रा दर्शकहरुलाई जानकारी गराउन चाहन्छु। साथै हिन्दी भाषामा रहेको चलचित्र परस्त्रीको संस्करण भारतमा मात्रै प्रदर्शन हुनेछ भने नेपाली भाषामा रहेको चलचित्र परस्त्री नेपालमा प्रदर्शन हुनेछ,’ उनले भने।

यसअघि भने नेपालमा पनि परस्त्रीको हिन्दी भर्सन रिलिज हुने भनिएको थियो। यस फिल्मका लेखक दीपेन्द्र के खनालले नेपाली फिल्म हुँदाहुँदै हिन्दी भर्सन प्रदर्शन गर्नु उचित नलागेको यो निर्णय गरिएको सुनाए।

उनले भने, ‘हामी पहिलेदेखि नै नेपालमा परस्त्रीको हिन्दी भर्सन लगाउने वा नलगाउने भन्ने दोधारमा थियौं। अन्तिममा आएर नेपाली भर्सन मात्रै रिलिज गर्नुपर्छ लाग्यो। किनकी हाम्रो आफ्नै भाषा छ। यस्तोमा हिन्दी भर्सन प्रदर्शन गर्नुको कुनै अर्थ छैन।’

शर्मिला पाण्डे निर्माता रहेको यस फिल्ममा शिल्पा मास्के, कोसिस क्षेत्री, गौरव बिष्ट, अलिशा क्षेत्री, अशान्त शर्मालगायतका कलाकारहरुको अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell