PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

कोशी प्रदेशमा ११ महिनामा दुर्घटनाबाट ३८८ को मृत्यु, सबैभन्दा धेरै झापामा



पहिलोपोस्ट

कोशी प्रदेशमा ११ महिनामा दुर्घटनाबाट ३८८ को मृत्यु, सबैभन्दा धेरै झापामा

काठमाडौं : कोशी प्रदेशमा सवारी साधन दुर्घटनामा ११ महिनामा ३८८ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा झापाका अध्याधिक रहेका छन्। चालु आर्थिक वर्षको साउनदेखि हालसम्म सवारी दुर्घटनामा परी झापाका १०५ जनाले ज्यान गुमाएका छन्। 

कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता मोहनविक्रम दाहालका अनुसार कोशीका १४ जिल्लामा चालु आर्थिक वर्षको असार १० गतेसम्ममा तीन हजार ३१७ वटा सवारी साधन दुर्घटनामा परेका थिए। गत वर्ष सोही अवधिमा तीन हजार ५९६ वटा सवारी साधन दुर्घटना हुँदा ४९७ जनाले ज्यान गुमाएका थिए।

दुर्घटनामा ७३१ जना गम्भीर र चार हजार ५१५ जना सामान्य घाइते भएका दाहालले बताए। दुर्घटना न्यूनीकरणका लागि प्रदेशभरिमा चेनामूलक २४ हजार ५५१ वटा कार्यक्रम गरिएका छन्। सडकको अवस्था, भौगोलिक कारण, ट्राफिक नियम उल्लङ्घन, पैदलयात्रीले जभाभावी बाटो काट्ने, चालकको लापरबाही, सडकमा चौपाया छाड्ने जस्ता कारणले दुर्घटनामा वृद्धि भएको हो।

ट्राफिक नियम उल्लङ्घन गरेका सवारी साधनका चालकलाई कारबाही गरेर कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयले १८ करोड ५४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा प्रदेशका १४ जिल्लामा दुई लाख ७७ हजार ३७१ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको प्रवक्ता दाहालले बताए। गत वर्षको सोही अवधिमा १६ करोड ७२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो। प्रदेशभरका जिल्लामा मादकपदार्थ सेवन गरेर सवारी साधन चलाउने सात हजार ६९२ जनालाई कारबाही गरिएको तथ्याङ्क छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell